windows 7 कम्प्युटर keyboard मा language थप्ने वा हटाउने तरिका
नमस्कार अनि स्वागत छ यहाँ हरु लाई आज को पोस्ट मा भने windows 7 कम्प्युटर मा keyboard lenguage कसरि change गर्ने वा सेट गर्ने भन्ने बारे मैले जाने सम्म जानकारी गराउने प्रयास गर्ने छु ! keyboard मा धेरै भाषा राख्न सकिन्छ तर लेख्न भने अलिक असजिलो हुन्छ ! जस्तै तपाइको कम्प्युटर keyboard मा नेपाली लेखेको छैन तर तपाई keyboard मा नेपाली भाषा सेटिंग गरेर पनि नेपाली लेख्न त सक्नु हुन्छ तर कुन key दबौदा नेपाली को कुन अक्षर आउछ भन्ने था हुदैन त्यस कारण अलिक अप्ठ्यारो भन्ने पक्कै हुन्छ ! तर पनि जानी राख्दा पक्कै कुनै दिन काम मा आउन सक्छ !
अब लागु कसरि भाषा सेटिंग गर्ने भन्ने तिर
अब खुल्ने पेज मा त्यहाँ तपाइले चलाउनु भएको कम्प्युटर को keyboard मा सेट भएका भाषा हरु देखीने छन
यदि तपाई कुनै भाषा keyboard बाट हटाउन चाहानु हुन्छ भने त्यै भाषा भन्दा ठिक मुनि भएको keyboard लेखेको ठाउँ मा १ क्लिक गरी right side मा remove मा क्लिक गर्नुस उदारण को लागि यो तल को फोटो मा जस्तै
अब यदि तपाई कुनै नया भाषा language keyboard मा थप्न चाहानु हुन्छ भने चै add मा क्लिक गर्नुस अनि
खुल्ने पेज मा त्यहाँ language को लिस्ट तपाई देख्न सक्नु हुन्छ आफु लाई कुन भाषा चाहीएको हो छान्नुस अनि त्यस + मा क्लिक गर्नुस अब keyboard मा क्लिक गर्नुस अब show more भन्दा ठिक माथि को सानो boxमा ठिक लगाई ok गर्नुस उदारण को लागि यो तल को फोटो हेर्नुस यहाँ मैले क्लिक गर्नु पर्ने ठाउँ मा रातो घेरा लगाएको छु
अब सबै मा ok ok गर्दै सबै बन्द गर्नुस अनि आफ्नो कम्प्युटर मा taskbar को दाहीने पट्टि हेर्नुस त त्यहाँ en लेखेको देख्नु हुने छ अब जब तपाई त्यो en मा क्लिक गर्नु हुन्छ तपाइको keyboard मा सेट भएका भाषा को लिस्ट देखा पर्ने छ अब आफुलाई कुन भाषा चाहीएको हो त्यै मा क्लिक गरी keyboard मा बाट
--> सजिलै त्याहे भाषा मा लेख्न सक्नु हुन्छ उदारण को लागि तल फोटो हेर्नुस यहाँ मेरो कम्प्युटर keyboard मा सेट भएका भाषा का लिस्ट हो
आशा छ आज को पोस्ट बाट नया कम्प्युटर user हरु को लागि केही साहायता मिल्ने छ !
यदि तपाई लाई यो ब्लग का पोस्ट हरु मन पर्छन भने हामी संग सदस्य बन्न न भुन्लु होला






0 comments:
Post a Comment